डाक्टर गोविन्द केसीले दिए फेरी अनशन बस्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डाक्टर गोविन्द केसीले दिए फेरी अनशन बस्ने चेतावनी

काठमाडौं, १२ भदौ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले पुन: सत्याग्रह आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

 

एक विज्ञप्ति जारी गर्दै नेसनललाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।

 

उनले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न माग पनि गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);