नेपाल मेडिकल काउन्सिलको अनुगमन प्रतिवेदन नै फर्जी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल मेडिकल काउन्सिलको अनुगमन प्रतिवेदन नै फर्जी

काठमाडौं, १२ भदौ । विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ । समितिले करिब २४ किलोमिटर टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटर भित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृत दिन सिफारिस गरेको छ ।

 

सम्बन्धनका लागि पूर्वाधार मूल्यांकन गर्ने जिम्मेवारी पाएको काउन्सिलको प्राविधिक टोलीले २४ किलोमिटरभन्दा टाढाको जग्गालाई १० किलोमिटरभित्रै रहेको तथा कलेजमा बन्दै नबनेका विभागसमेत बनेको देखाएर नक्कली प्रतिवेदन दिएको भेटिएको छ ।

 

काउन्सिलबाट गठिन निरीक्षण टोली प्रमुख अनिलकुमार झा, काउन्सिल उपाध्यक्ष डा. शशी शर्मा र सदस्य डा। सरोज श्रेष्ठको टोलीले यस्तो प्रतिवेदन दिएको हो । काठमाडौंको घट्टेकुलोदेखि काठमाडौंको चाल्नाखेल तथा ललितपुरको नल्लुबीचको दूरी क्रमशः १३ र २४.५ किलोमिटर छ । याे खबर आजको नागरिक दैनिकले लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);