आयल निगमले किनेको भैरहवाको जग्गा संसदीय समितिद्वारा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भैरवहा, ७ भदौ । नेपाल आयल निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदीय समितिले अनुगमन गरेको छ ।

 

व्यवस्थापिका संसद्को उद्योग वााणिज्य तथा उपभोक्ता हित समिति अन्र्तगत आपूर्ति उपभोक्ता समितिले आयल निगमको जग्गा अनुगमन गरेको हो । अनुगमनको क्रममा उक्त जग्गा चलनचल्तीको मूल्यभन्दा धेरै मूल्य हालेर खरिद गरेको पाईएको समितिका संयोजक सुभाषचन्द्र ठकुरीले बताएका छन् ।

उनले जग्गाको भौगोलिक अवस्था र मूल्य सहितको बिषयमा अध्ययन गरेको र यस बिषयमा चाडै नै आफ्नो प्रतिवेदन बुझाउने जनाएका हुन् । अनुगमन टोलीले नेपाल आयल निगमले अन्य प्रदेशमा खरिद गरेको जग्गाहरुको पनि अवलोकन गरि प्रतिवेदन पेश गर्ने जनाएको छ । समितिले जग्गाको मूल्य सम्बन्धि बिषयमा भैरहवामा सरोकारवाला पक्षहरुसित अन्र्तक्रिया समेत गरेको थियो । रुपन्देहीको साविकको बसन्तपुर, पट्खौली र धकधई गाविस अन्र्तगत रोहणी नदी किनारमा स्थितको चलनचल्तीको न्युनतम प्रति कठ्ठा औसतमा साढे ३ लाख रुपैयाँ पर्ने जग्गालाई निगमले प्रति कठ्ठा १० लाख ९३ हजार रुपैयाँमा १४ विघा ७ कठ्ठा १४ धुर जग्गा खरिद गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);