आयल निगमको जग्गा खरिदमा ३३ करोड घोटाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भैरहवा, ८ भदौ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि झापामा खरिद गरेएको जग्गामा साढे ३३ करोड रुपैयाँ घोटाला भएको केन्द्रीय अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

 

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता समन्वय समितिको टोलीले झापा पुगेर स्थलगत अनुगमन गरेपछि निगमबाट ३३ करोड ६० लाख रुपैयाँ घोटाला भएको प्रमाणित भएको हो ।

 

निगमले मेचीनगर वडा नम्बर १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जमिन ६२ करोड ६१ लाख ८८ हजार पाँच सयमा खरिद गरेको मालपोत कार्यालय झापाले जनाएको छ । सो क्षेत्रमा जग्गाको चलनचल्ती मूल्य प्रतिकठ्ठा पाँचदेखि ६ लाख रहेकोमा निगमले १३ लाख ५१ हजार रुपैयाँ तिरेको छ । जग्गा धनी भूपेन्द्र कार्कीले प्रतिकठ्ठा चार लाख ४० हजारका दरले तीन बिघा जग्गा बेचेको बताएका छन् ।

 

निगमले किनेको जग्गा अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका सदस्य तथा सांसदहरुले कानुनी मिलाएर प्रक्रिया पु¥याएर भ्रष्टाचार गरिएको भन्दै अनियमिततामा संलग्नलाई कारबाही हुनुपर्ने बताए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);