आयल निगम जग्गा खरिद प्रकरणः खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं, १४ भदौ । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।

 

निगमले खरिद गरेको जग्गामा स्थलगत अध्ययन गरेर फर्किएका सांसद्ले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे जानकारी दिएका हुन् । निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानी तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांस्दको ठहर छ।

 

निगमले झापा, सर्लाही, चितवन र भैहरवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिका सदस्य रावीर मानन्धरले बताए । आजको नागरिक दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);