आयल निगममा घोटाला : सेटिङमा जग्गा खरिद | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

काठमाडौँ, ३० भदौ । नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ।

निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै जग्गा खाजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ।

निगमले सर्लाहीमा १० देखि १५ विघा जग्ग खरिदका लागि बोलपत्र प्रकाशित गर्दा पुर्व पश्चिम राजमार्गसंगै सटेको वा राजमार्गको उत्तरतर्फ पाँच सय मिटरभित्र मात्र भनेरसाँघुरो दायरा तोको छ। आजको नागरिक दैनिकमा खबर छ।