गोपालबहादुर खड्कालाई निलम्बन गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौं, ३० भदौ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले शुक्रबार आपूर्ति मन्त्रालयलाई पत्राचार गरी आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न औपचारिक निर्देशन दिएको हो । आयल निगमको जग्गा खरिद प्रकरण विवादमा मुछिएका कारण खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गर्नु परेको समितिका सचिव मुरारी महतले जानकारी दिए ।

समितिको गत भाद्र २५ गते बसेको बैठकले जग्गा खरिद प्रकरणमा ठूलै अनियमितता भएको पाइएको निष्कर्ष निकाल्दै कार्यकारी निर्देशक खड्कालाई तत्काल निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

यता, आपूर्ति मन्त्रालयले भने निगमको जग्गा खरिद प्रकरणमा मुछिएकाहरुलाई मन्त्रीपरिषदबाटै कार्वाही हुने जनाएको छ । पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्दा अनियमितता भएको पाइएपछि समितिहरुले सम्बन्धित निकायमाथि कार्वाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराउँदै आएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);