आयल निगम जग्गा खरिद अनियमिततामा खड्का अख्तियारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आयल निगम जग्गा खरिद अनियमिततामा खड्का अख्तियारमा

gopal khadaka

जाजरकोट,१० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ ।शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको ईन्धन भण्डारण जग्गा खरिद अनियमिततामा छानविन गर्न आयोगमा बोलाएर बयान लिन थालिएको छ ।

आपुर्ति मन्त्रालय र संसदीय समितिले अनियमितता भएको ठहर गरिसकेको जग्गा खरिद प्रकरणमा आयोगले खड्कासँग मंगलबार बयान लिएको छ ।मंगलबार बयान नसकिएपछि गोपाल खड्कालाई बुधबार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।