नेपाल आयल निगमका अधिकारीमाथि वयान सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

काठमाडौं, २४ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिद अनियमितता प्रकरणमा नेपाल आयल निगमका अधिकारीमाथि वयान सुरु गरेको छ । इन्धन भण्डारणका लागि खरिद गरिएको जग्गामा अनियमितता भएको आशंकामा अख्तियारले आईतबारबाट निगमका कर्मचारी र पदाधिकारीमाथि बयान सुरु गरेको हो ।

आईतबार निगमका प्रबन्धक पुष्कर कार्कीसँग बयान लिएको अख्यिारले जनाएको छ । अख्तियारले यस अघि जग्गा धनि, स्थानीय तहका कर्मचारी र विचौलिया लगायत जग्गा खरिद प्रक्रियामा संलग्न ४४ जनाको बयान लिइसकेको जनाएको छ । त्यस्तै २ सय जना भन्दा बढीलाई कागज गराइएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बयान लिने क्रम जारी रहेको र निगमका अन्य उच्च अधिकारी र कर्मचारीहरुको पनि बयान लिइने जानकारी दिनुभयो । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितताको वस्तुस्थिति बुझ्न दुईपटक अख्तियारले जग्गा खरिद गरिएका स्थानको अवलोकन र अनुगमन गरेर फर्किएको थियो ।

तत्कालिन संसदीय समितिले चल्तीको मूल्यभन्दा चार गुणा बढी रकममा जग्गा खरिद गरिएको निष्कर्ष निकालेको थियो । सोही प्रकरणमा निगमका तत्कालिनमा कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई सरकारले बर्खास्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);