प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड खर्च भयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड खर्च भयो

chunab

काठमाडौं, २४ पुष । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । मंसिर १० र २१ मा गरी दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले १० अर्ब दिएको थियो ।

जसमध्ये ३० करोड पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड निर्वाचन कार्यका लागि छुट्टाइएको थियो । आयोगका अनुसार २१ पुससम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैयाँ मात्र खर्च भएको छ ।

यो कुल बजेटको ५७ दशमलब ९६ प्रतिशत हो । खर्च गरिएको रकममध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६ सय ८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ रुपैयाँ खर्च भएको छ ।

सरकारले दिएको बजेट मध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ बाँकी रहेको र यही रकमबाट राष्ट्रियसभा र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामाग्री प्रयोग गरिएका थिए ।

साथै १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);