नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काद्वारा राजीनामा

gopal khadaka

काठमाडौं, २४ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

आयल निगमका कार्यकारी निर्देशक खड्काले आपूर्ति मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । खड्काले आफूलाई मन्त्रालयमा विना काम थन्क्याइएकाले अपमानित महशुस गरी राजीनामा दिएको बताए । खड्का २०७१ सालको माघ १४ गते आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि विभिन्न जिल्लामा जग्गा खरिद् गर्दा खड्का भ्रष्टाचारमा मुछिएका थिए । संसदीय समितिहरुले जग्गा खरिद्मा डेढ अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रतिवेदन तयार पारी कार्बाहीका लागि निर्देशन दिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकाले खड्कालाई बर्खास्त गरेको थियो । तर सर्वोच्च अदालतले पुर्नबहालीको आदेश दिएपछि सरकारले खड्कालाई आपूर्ति मन्त्रालयमा तानी कामविहिन बनाएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);