खड्काका बदमासी छताछुल्ल हुँदै, करोडौ असुलेर ट्यांकरलाई अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, २२ असोज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ।

खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका छन्। इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेका छन्।

खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन। विनियमावलीमा ट्यांकर सञ्चालन गर्न आवश्यक भए सार्वजनिक सूचना जारी गरेर आवेदन लिनुपर्ने कानुनी व्यवस्था भए पनि खड्काले सूचना नै ननिकाली अनुमति दिएका हुन। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);