गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

काठमाडौं, २० असोज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ। खड्काको इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो।

हवाई इन्धनमा निगम सञ्चालक समितिलाई जानकारी नै नदिई खड्काले आफ्नो मनोमानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा दिएको लस टार्गेन (चुहावटमा तोकिएको लक्ष्य) ०.६२ प्रतिशतबाट बढाएर ०.८५ प्रतिशत पुर्याएका हुन् । लस टार्गेट सञ्चालक समितिले स्वीकृत दिएपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले निगमका डिपो प्रमुखसँगको मिलेमतोमा बढाएका हुन्।

विमानस्थलका तत्कालीन डिपो प्रमुख दीपक बराल र प्रकाश श्रीवास्तवले सञ्चालक समितिले दिएको लक्ष्य ०.६२ प्रतिशतभित्रै रहेर काम गरेका थिए। त्यसपछि आएका डिपो तत्कालीन डिपो प्रमुख प्रदीप यादवसँगको मिलेमतोमा खड्काले लक्ष्य ०.२३ प्रतिशतले बढाउँदा निगमलाई वार्षिक ३ लाख ३५ हजार आठ सय लिटर हवाई इन्धन अतिरिक्त खर्च देखाएर घोटाला गरिएको हो। नागरिक दैनिक दैनिकमा खबर छ।

ताजा समाचार