४४ वर्षपछि फर्कियो सदरमुकाम, स्थानीयवासीको हर्ष बढाईँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडाैं । रुकुमकोटबाट जबर्जस्ती सदरमुकाम मुसीकोट सारिँदा रुकुमकोटका तारकबहादुर शाहको मन जति कुँडिएको थियो, बिहीबार उनै ७३ वर्षीय शाहको खुसीको सीमा थिएन । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै बनेपछि स्थानीयवासी हर्षित छन्।

गृहमन्त्री जनार्दन शर्माले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सदरमुकाममा रहने कार्यालयको उद्घाटन गर्दै सदरमुकाम रुकुमकोट भएको घोषणा गरेका हुन् । अाजकाे कान्तिपुरमा खबर छ-रुकुमकोट सदरमुकाम बनेको खुसियालीमा सर्वसाधारणले मयूर, पैसेरु, पञ्चेबाजासहितका झाँकी प्रदर्शन गरेका थिए।

४४ वर्षअघि जबर्जस्त सदरमुकाम मुसीकोट सारिँदा खिन्न बनेका शाहले सदरमुकाम फिर्ताको माग गरेकै कारण राजकाज मुद्दा लागेर एक वर्ष जेल बस्नुपरेको थियो। ‘आफू जुन कुराका लागि लडिएको थियो, त्यो पाइएपछि खुसी नहुने कुरै भएन,’ उनले भने, ‘झन्डै आधा दशकपछि जनताको मागको सम्बोधन भएको छ, हाम्रो आन्दोलनले सार्थकता पाएको छ।’

संविधानमा पूर्वी र पश्चिम रुकुम भनेर उल्लेख गरिएपछि साविकको रुकुमलाई प्रदेश ५ र ६ मा राखिएको छ। त्यसैअनुसार नयाँ जिल्ला पूर्वी रुकुम कायम गरी त्यसको सदरमुकाम रुकुमकोट राखिएको हो । सीमा निर्धारण आयोगले प्रदेश ५ मा परेको भूभागलाई पूर्वी र प्रदेश ६ मा परेको भूभागलाई पश्चिम रुकुम जिल्ला भनेर निर्वाचन केन्द्रसमेत तोकिदिएको छ।

तत्कालीन राजाको हुकुम र अञ्चलाधीशको जबर्जस्तीमा रुकुमकोटबाट सदरमुकाम सारिएको थियो। त्यसका लागि मुसीकोटका प्रधानपञ्चहरूले राजा र अञ्चलाधीशसँग ‘साँठगाँठ’ गरेका थिए। २०३० वैशाख १ गते बिहानै रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम जनताको इच्छाविपरीत मुसीकोट खलंगामा सारिएको थियो। ‘सदरमुकाम खोसेर लिइएको थियो,’ शाह ती दिन सम्झन्छन्, ‘सदरमुकाम सार्नुहुन्न भन्ने माग गर्दै सत्याग्रहको तयारीमा रहेका जनतालाई कुल्चिएर सदरमुकाम सारिएको पीडा बल्ल आज मेटियो।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);