डोरीले बाँधेर युवालाई कुटपीट गरेका वडाध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डोरीले बाँधेर युवालाई कुटपीट गरेका वडाध्यक्ष पक्राउ

जाजरकोट । डोरीले बाँधेर स्थानीय एक युवालाई कुट्ने जाजरकोट जुनीचाँदै गाउँपालिका–२ का वडाध्यक्ष पक्राउ परेका छन् । युवालाई डोरीले बाँधेर कुट्ने वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले दमाईलाई कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । सोही भिडियोका आधारमा नै प्रहरीले वडाध्यक्ष नेपालीलाई पक्राउ गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी कार्यालयले उनलाई सोधपुछका लागि भन्दै सदरमुकाम ल्याइएको जनाएको छ । पीडीतलाई दमाईलाई पनि प्रहरीले सदरमुकाम बोलाएको जनाएको छ । उनले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);