चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ

सुर्खेत ।  जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएकाे प्रहरीले मोटरसाइकल बरामद गरेकाे थियाे । प्रहरी अनुसन्धानका क्रममा उक्त माेटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेकाे खुलेकाे थियाे । निजलाई खोजतलासकाे क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेकाे थियाे । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भई रहेको छ ।

वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहाेरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);