ब्राउन सुगरसहित पर्साका वडाध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ब्राउन सुगरसहित पर्साका वडाध्यक्ष पक्राउ

पर्सा । पर्साको पकाहा मैनपुर गाउँपालिका– १ का वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ परेका छन् । मैनपुर गाउँपालिका–१ का वडाध्यक्ष ‘अम्बिका’ भनिने अमेरिका सहनीसहित तीनजना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

प्रहरीले वडाध्यक्ष रहनीसँगै ४० वर्षीय वडा सदस्य बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ७९ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका उनीहरूलाई आइतबार राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुलाई ब्राउन सुगरसहित उनीहरुले चढेको मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दामा आवश्यक कारबाही सुरु गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);