ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ

जनकपुरधाम। धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका-१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका-३ थाना चौक वस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना-२ बन्दीपुर छगरिया वस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँत गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);