Our Network

असोज ६ २०७८, बुधवार

ब्राउन सुगरसहित दुई जना पक्राउ

कञ्चनपुर, २२ फागुन । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २२ गते एपीएफ टोलीले करीब चार ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको पुर्नवास नगरपालिका १० बस्ने २५ बर्षिय रेसमान चौधरी र कैलाली जिल्लाको टिकापुर नगरपालिका ३ बस्ने २५ बर्षिय सन्तोष चौधरी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजहरुको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply