एपीएफ टोलीद्वारा लागूऔषधसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित चार जना पक्राउ


काठमाडौं, ६ कार्तिक । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१५ हात्तीवनबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
       

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ बर्षिय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ बर्षिय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ बर्षिय राजकुमार रोका र ३० बर्षिय अजितकुमार श्रेष्ठ छन् ।
       

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
       

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ ।
       

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ ।
       

यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ बर्षिय सागर रसाईलीलाई पक्राउ गरेको छ ।
       

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
       

पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);