एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

dampati pakrau

काठमाडौं, २६ फागुन । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट फागुन २६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ३ बस्ने ३५ बर्षिय विकास लामा छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ७५ वटा र वीन कोरेक्स २ सय ४५ वटासहित पक्राउ गरेको हो ।

ना ४४ प २६५७ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

यसैगरी सोही पोष्टबाट खटिएको एपीएफ टोलीले फागुन २५ गते सोही ठाउँबाट विभिन्न किसिमको लागूऔषधसहित बारा जिल्लाको कलैया उपमहानगरपालिका १ बस्ने २५ बर्षिय मनोज दासलाई पक्राउ गरेको छ ।

एपीएफ टोलीले निज दासको साथबाट डाईजापाम दुई वटा, फेनारगन दुई वटा, नोफिन दुई वटा, एभिल एउटा, दुई वटा सिरिन्ज र पाँच ग्राम गाँजा फेला पारेको छ ।

पक्राउ परेका निज लामा र दासलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);