एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

dampati pakrau

काठमाडौं, २५ फागुन । सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश यादव र साईकलमा सवार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने २२ वर्षिय सन्तोष मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका लौकहीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);