एपीएफ टोलीद्वारा आगूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एपीएफ टोलीद्वारा आगूऔषधसहित एक जना पक्राउ

pakrau

सिरहा, ३० चैत । सिरहा जिल्लाको सिरहा गाउँपालिका १ स्थित शिवचोकबाट चैत्र २९ गते एपीएफ टोलीले ७३ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवा टोल बस्ने २१ वर्षिय काशिन्द्र यादव छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);