अवैध औषधीसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अवैध औषधीसहित एक जना पक्राउ

सिरहा, १४ फागुन । सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित भन्सार गेटबाट फागुन १४ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको अवैध औषधीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने ४२ वर्षिय अब्जल मनसुर छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले निज मनसुरलाई उल्लेखित औषधीसहित पक्राउ गरेको हो ।

प्रदेश नं. २–०२२०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मनसुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त औषधी फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका मनसुरलाई बरामद औषधी र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);