दाङमा ६८ हजार बढि रकम सहित जुवा खेल्ने ८ जना प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा ६८ हजार बढि रकम सहित जुवा खेल्ने ८ जना प्रहरी नियन्त्रणमा

दाङ, १४ फागुन । दाङमा प्रहरीले ६४ हजार बढि नगद सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका ८ सेवारबाट ६४ हजार ३०० रुपैया,सहित जुवा खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बिहान साढे १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ का २८ बर्षीय तिलक वली, सोही ठाउँका ३५ बर्षीय शरद रावत, ३० बर्षीय समिर खड्का, ३५ बर्षीय सुरेन्द्र चौधरी, २१ बर्षीय यादव राना, ४४ बर्षीय शिवु रावत, ४० बर्षीय रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेको उहाँले जानकारी दिनुभयो ।

साथै, खोलेका २ थान र नखोलको ३ थान तासका गड्डी र एउटा गलैचा पनि बरामख गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);