दशैं तिहारका बेला दाङमा ६५ जुवाडे पक्राउ, सवा १५ लाख रकम बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दशैं तिहारका बेला दाङमा ६५ जुवाडे पक्राउ, सवा १५ लाख रकम बरामद

दाङ, ४ मंसिर । दाङमा प्रहरीले विभिन्न समयमा १५ लाख बढि रकम सहित ६५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको चाड पर्व सुरक्षा योजना अन्तर्गत दशैं तिहारमा हुने जुवा अपराधलाई निरुत्साहित गर्न संचालन गरिएको जुवा अप्रेशन अन्र्तगत जिल्लाका विभिन्न स्थानमा अबैध जुवा तास खेल्ने र खेलाउने गरी ६५ जना ब्यक्ति सहित १५ लाख १८ हजार २२० रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका ६ बाट गत असोज ६ र १९ गते १ लाख १९ हजार ५ रुपैया सहित २२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै असोज २९ गते तुलसीपुर १ बाट २४ हजार ३५६ रुपैया सहित ५ जना, असोज १८ गते बबई गाउँपालिका ३ धनुवासबाट २ लाख ६१ हजार ९९० रुपैया सहित ८ जना पक्राउ गरेको र उनीहरुलाई जनही ५ हजार जरिवाना र जनही ६ हजार धरौटी सहित काननु कारबाही गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

त्यस्तै असोज १८ गते राप्ती गाउँपालिका ८ सिसहनियाँबाट २ लाख ६० हजार १२५ रुपैया सहित ११ जनालाई पक्राउ गरिएको र उनीहरुलाई जनही १५ हजार धरौटी सहित कारबाही गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी असोज २६ गते घोराही १४ बाट ७० हजार ४३५ सहित ३ जना पक्राउ परेका र उनीहरुले जनही ९ हजार , कात्तिक २ गते घोराही १५ बाट १ लाख २७ हजार ९९० रुपैया सहित ५ जना र उनीहरुलाई जनही १० हजार ५००, कात्तिक १२ गते घोराही १० बाट ६२ हजार ९३५ रुपैया सहित ४ जना र उनीहरुलाई जनही ८ हजार, धरौटी सहित कारबाही गरिएको प्र्रहरीले जनाएको छ ।

त्यसैगरी कात्तिक १६ गते घोराही १८ बाट ३ लाख २३ हजार ६० रुपैयाँ सहित ५ जना र यहि मंसीर २ गते घोराही १६ बाट २ लाख ६८ हजार ३१५ सहित ७ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);