कंचनपुरमा दिनदहाडै युवा माथि खुकुरी प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कंचनपुरमा दिनदहाडै युवा माथि खुकुरी प्रहार

khukuri-prahar

कंचनपुर, ४ मंसिर । कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वास बेलौरीमा फिल्मीशैलीमा दिनदहाडै खुकुरी प्रहार गर्दै एक समुहाले ताण्डप मचाएको छ । कुनुनी राज्यमा कानुनको उपहास गर्दै सामन्य विवादमा मोटरसाईकलमा आएका बेलौरीका केही युवाहरुको जत्थाले पुनर्वास नगरपालिका स्थित नगरपालिका कार्यालय अगाडि मोटरसाइकलमा हिडिरहेका एक युवा माथि दिनदहाढै खुकुरी प्रहार गरेका छन ।

खुकुरी प्रहरबाट पुनर्वास नगरपालिका ३ का २३ वर्षीय माने तामाङ रम्बा नामले चिनीने युवा गम्भीर घाईते भएका हुन् । घाईते तामाङको पुनर्वास पोलिक्लिनिक प्रा.लि. आई.बि.आर.डी. मा उपचार भएको थियो । खुकुरी प्रहारबाट घाईते तामाङको गर्धनमा , पिठ्युँ र हातमा ठुलो चोट लागेको पुनर्वास पोलिक्लिनिकका जर्नल फिजिसियन डा. सागर केसीले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने समुह तत्कालै फरार रहेको प्रहरीले जानकारी दिएको छ । घटना ज्यान मार्ने प्रवृत्तिको देखिएको हुँदा दोषीलाई तत्काल खोजी गरि कार्वाही गर्न प्रहरीलाई घाईतेका आफन्तले अनुरोध गरेका छन् ।

खुकुरी प्रहार गर्ने व्यक्तिहरु बेलौरी नगरपालिका वडा नं. १ बैशाखी बस्ने रवि शाही लगायत ५ जनाको समूह रहेको भनी हुलिया खुली सकेको र घाइतेका आफन्तले पनि निज रवि शाही लगायत ५ जनाको नाममा किटानी जाहेरी दिई सकेको हुदा खुकुरी प्रहारपछि फरार रहेका उनीहरुको खोजी कार्य तिब्ररुपमा भई रहेको ईलाका प्हरी कार्यालयका प्रहरी निरिक्षक कैलाश सिह बिष्टले जानकारी दिनुभएको छ ।

घटना ज्यान मार्ने प्रवृत्तिको देखिएको हुँदा कर्तब्य ज्यानको कसुर अन्तर्गत मुद्दा चलाउने प्रहरी निरिक्षक बिष्टले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);