बुटबलमा दिनदहाडै युवामाथि खुकुरी प्रहार | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

बुटबलमा दिनदहाडै युवामाथि खुकुरी प्रहार

काठमाडौं, ८ साउन । बुटबलमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ । बुटबलको कालिकापथमा दिउँसै युवामाथि खुकुरी प्रहार भएको हो ।

घटनापछि स्थानीयहरु त्रसित भएका छन् ।

सडकको बीच व्यवसायी निर्मल खत्रीमाथि खुकुरी,हेलमेट र इँटालगायत हतियार प्रयोग गर्ने युवाहरुमध्ये प्रहरीले केही युवाहरुलाई पक्राउ गरिसकेको छ ।

सामान्य विवादले उग्र रुप लिदैं जादा एक युवामाथि ३ युवा खनिएका थिए । व्यवसायी आक्रमण गरेको आरोपमा अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवर प्रहरीको नियन्त्रणमा छन् ।

उनीहरुमाथि शरीर अंगभंगको अभियोगमा मुद्दा दायर भएको छ । आज थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीमा आज म्याद थप गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);