ड्यूटीमा रहेका प्रहरी माथी खुकुरी प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चितवन, १४ भदौ । चितवनको नारायणगढमा ड्यूटीमा रहेका प्रहरी माथी खुकुरी प्रहार भएको छ । नारायणगढ बसपार्कमा ड्युटीमा रहेका प्रहरी जवान ताराप्रसाद पोखरेलमाथी खुकुरी प्रहार भएको हो ।

 

प्युठानको झिमरु गाउँपालिका वडा नम्बर ३ घर भएका प्रहरी जवान पोखरेलमाथी बुधबार दिउँसो बसपार्कमा दिलिप सुनारले खुकुरी प्रहार गरेका हुन् । प्रहरीलाई खुकुरी प्रहार गर्ने सुनुवारलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । खुकुरी प्रहारबाट पोखरेलको टाउको र बायाँ कुममा चोट लागेको छ ।

 

टाउकोमा चोट लागेको भए पनि पोखरेल खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । बसपार्कमा तास खेलिरहेको थाहा पाएपछि रोक्न खोज्दा आफूमाथी खुकुरी प्रहार भएको पोखरेलले बताए ।

 

खुकुरी प्रहारबाट घाइते भएका प्रहरी जवान पोखरेलको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);