दाङमा एक युवकमाथि खुकुरी प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाङमा एक युवकमाथि खुकुरी प्रहार

khukuri-prahar

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का २३ वर्षीय विशाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलवार बिहान करिब साढे ६ बजेतिर पुनलाई तुलसीपुर–९ दोघरेमा दंगीशरण गाउँपालिका ५ बस्ने करिब ३३ वर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सुनारको बायाँ खुट्टामा चोट लागेको र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने बस्नेत फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पुरानो रिसीबिका कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);