मोरङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोरङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा चार जना पक्राउ

khukuri-prahar

मोरङ । खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र  एक १८ वर्षीय किशोर रहेका छन् ।

२८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);