आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गर्ने महतो पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गर्ने महतो पक्राउ

rape arrest

सर्लाही । आफ्नै श्रीमतीको हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

हरिवन नगरपालिका ५ घुर्कोली टोलद बस्ने ३५ वर्षीय राम भरोश महतोलाई प्रहरले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनले आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोग लागेको छ ।

घरायसी झगडाको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भनी राम भरोशले ईलाका प्रहरी कार्यालय हरीवनमा आफै उपस्थित भई जानकारी गराउनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);