खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धनकुटा । छथर जोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बु छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);