Our Network

साउन १७ २०७८, आइतबार

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका ८ उत्राईटोल बस्ने ६५ वर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका १३ पोर्ताहा बस्ने ४५ वर्षीय मेमोरी भन्ने किसन सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा सदाले खुकुरी प्रहार गर्दा महिकरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply