टाउकोमा खुकुरी प्रहार गरी कुमारको हत्या | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

टाउकोमा खुकुरी प्रहार गरी कुमारको हत्या

सुनसरी, ६ माघ । हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिकास भन्ने हर्क बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईलाई समेत टाउकोमा खुकुरी प्रहार गर्दा घाइते भएकी उनको उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);