छुरा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

छुरा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ 

सुनसरी। बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन (मापसे) गरी उनीहरूबीच झैं–झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

ताजा समाचार