थानकोटमा किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

थानकोटमा किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालक पक्राउ

काठमाडौं। एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पु¥याइदिने बहाना बनाई चन्द्रगिरी नगरपालिका–७ थानकोटमा पार्किङ गरी चालकले शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेपछि चालक टिपर समेत छाडी फरार भएका थिए । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ।

Leave a Reply

ताजा समाचार