होटलमा लगि जबरजस्ती करणी गर्ने युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

होटलमा लगि जबरजस्ती करणी गर्ने युवक पक्राउ

rape n arrest

तनहुँ,१८ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी,दाङ ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई घोराही उपमहानगरपालिका१६ लमडरूवाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);