जबरजस्ती करणीको अभियोगमा ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

जबरजस्ती करणीको अभियोगमा ५ जना पक्राउ

झापा,६ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–३ बस्ने इलाम रोङ गाउँपालिका–६ स्थाई वतन भएका २० वर्षीय दिपेश प्रधानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, दाङमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँकेको २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् । युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका–२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका(१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो । हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);