करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

मोरङ । जबरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यलय सिजुवाबाट खटिएको विशेष प्रहरीलाई उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिएका उक्त व्यक्तिलाई थप अनुसन्धानको प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);