१४ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१४ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ

rape n arrest

बेलबारी, १७ कार्तिक । मोरङको बेलबारी नगरपालिका वडा नं ३ बस्ने एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवा पक्राउ परेका छन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी ३ बस्ने तामाङले बालिकालाई जबरजस्ती करणी गरेको भनि पिडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषीराज ढकालले बताउनुभयो।

तामाङले कार्तिक १३ गते राती बेलबारी १ स्थित अमना सिसौली सामुदायिक वन क्षेत्रमा बालिकालाई जबरजस्ती करणी गरि फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ढकाल सहितको टोलीले पक्राउ गरेको हो । तामाङलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);