सात वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सात वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा  पक्राउ परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो ।

गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए । आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);