काठमाडौं ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भू–भागका अधिकांश स्थानमा, र कर्णाली प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका साथै मधेस प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । राति देशभर अधिकांश बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा कोशी र सुदूरपध्चिम प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । वागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका र कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा तथा कोशी, मधेस र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा वागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।




