एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल

काठमाडौं ।

जापानमा जारी एशियन गेम अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ ।
श्रीलङ्कालाई ९ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेसँगै नेपाली टोलीले पदकको खडेरी तोडेको हो । टोलीले यसअघिको अन्तर्राष्ट्रिय प्रदर्शनलाई कायम राख्दै आफ्नो पदक यात्रालाई सुरक्षित गरेको छ । श्रीलङ्काविरुद्धको खेल नेपाली खेलाडीका लागि चुनौतीपूर्ण थियो । दुई महिनाअघि बीच गेममा व्यहोरेको पराजयका कारण टोली केही दबाबमा देखिए पनि कप्तान मानमती बिष्टको नेतृत्वमा रहेको टोलीले उत्कृष्ट डिफेन्स र रेडिङमार्फत जित सम्भव बनाएको हो । टोलीका लागि यो विजय विगतमा भारतमा गरिएको विशेष प्रशिक्षण र निरन्तरको अन्तर्राष्ट्रिय सहभागिताको परिणाम भएको कप्तान बिष्टले बताउनु भयो ।
‘हामीले पदक गुमाउनुहुँदैन भन्ने ठुलो चुनौती महसुस गरेका थियौँ । शुरुमा केही नर्भस देखिए पनि खेल अवधिभर टोलीको समन्वय र साहसले नतिजा नेपालको पक्षमा ल्याउन सक्यौँ ।’ कप्तान बिष्टले भन्नुभयो । 
विगतका खेलहरूमा १३ अङ्कले पछि परेको अवस्थालाई उल्टाउँदै विजय प्राप्त गरेको अनुभवले खेलाडीको मनोबल उच्च बनाएको छ । नेपाली टोलीले अब आफ्नो ध्यान आगामी खेलहरूमा केन्द्रित गरेको छ । स्वर्ण वा रजत पदकको लक्ष्यसहित अघि बढेको नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कप्तान बिष्टले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र कबड्डी सङ्घको सहयोगले नै आफूहरूलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो उत्रिन मद्दत पुगेको बताउनु भयो । उहाँले अन्य विधाका नेपाली खेलाडीहरूलाई पनि अन्तिम समयसम्म नहारिकन प्रतिष्पर्धा गर्न हौसला प्रदान गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

आजको मौसम

१ घन्टा अघि