सागमा स्वर्ण जित्ने लक्ष्यसहित महिला भलिबल टोली प्रशिक्षणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सागमा स्वर्ण जित्ने लक्ष्यसहित महिला भलिबल टोली प्रशिक्षणमा

mahila volleyball nepal

सुजन चालिसे

काठमाडौं, ११ भदौ । आउँदो मङ्सिरमा आयोजना हुने साग गेमको तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली अहिले प्रशिक्षणमा व्यस्त छ । दक्षिण एसियाका बलिया प्रतिद्वन्द्वि भारत र श्रीलंकालाई घरेलु मैदानमै पराजित गर्ने उद्देश्यका साथ टोलीका प्रशिक्षक तथा खेलाडीहरु कडा मिहेनेत गर्दै छन् । अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपाली टोलीले आउँदो सागमा कस्तो नतिजा निकाल्ला त ?

काठमाडौँको दशरथ रङ्गशालास्थित कबर्डहलमा राष्ट्रिय महिला भलिबल टोली आउँदो मङ्सिरमा आयोजना हुने साग गेमको तयारीका लागि प्रशिक्षणरत छन् । सागमा स्वर्ण जित्ने लक्ष्यका साथ खेलाडीहरु दैनिक रुपमा बिहान र बेलुका गरि करीब ५ देखि ६ घण्टा अभ्यास गरीरहेका छन् । पहिलो चरणमा २५ जना खेलाडीहरु छनोट भएका छन् । दास्रो चरणमा १८ जना खेलाडीहरु छनोट हुनेछन् ।

साग खेलकुदमा भलिबलले सन् १९८९ को तेस्रो संस्करणबाट प्रवेश पाएको हो । पहिलो पटक पुरुष भलिबल मात्र समावेश गरिएको थियो । महिला भलिबललाई सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको पाँचौ सागबाट सहभागि गराइएको थियो तर, नेपाली महिला भलिबल टिमले भने नेपालमा आयोजित आठौं सागबाट मात्र आफ्नो उपस्थिति जनाएको हो ।

दक्षिण एसियाली खेलकुद (साग) को इतिहासलाई पल्टाएर हेर्दा महिला भलिबलले नेपाललाई तीन पटक काँस्य पदक दिलाईसकेको छ । नेपाली भलिबलले साग खेलकुदमा ल्याएको सर्वाधिक ठूलो पदक पनि यही तीन काँस्य हो । बिगतमा भएका कमि कमजोरीहरुलाई सुधार गर्दै घरेलु भूमिमै आयोजना हुुन लागेको १३ औँ सागमा स्वर्ण हात पार्ने उद्देश्यका साथ खेलाडीहरु लागि परेका छन् ।

नेपालका लागि दक्षिण एसियामा भारत र श्रीलंका बलियो प्रतिद्वन्द्वि हुन् । भारतीय खेलाडीलाई राम्रो प्रशिक्षणका अलावा उचाईले पनि साथ दिएको छ । त्यसैले उनीहरु तुलनात्मक रुपमा सवल देखिन्छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणरत खेलाडीहरुलाई खाने, बस्ने सुविधा तथा खेल सामाग्री र खेल स्थलहरुको व्यवस्थापनको जिम्मा लिएको छ । नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अभ्यासको पनि कमी देखिन्छ । तथापी, घरेलु मैदानमा नै आयोजना हुन लागेको १३ औँ साग खेलकुदबाट नेपालका लागि पहिलो पटक स्वर्ण हात पार्दै इतिहास रच्ने दाउमा नेपाली खेलाडी र प्रशिक्षक देखिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);