नर्विच र क्रिष्टल प्यालेस लिग कप फुटबलको दोस्रो चरणबाटै बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नर्विच र क्रिष्टल प्यालेस लिग कप फुटबलको दोस्रो चरणबाटै बाहिरिए

football

एजेन्सी, ११ भदौ । इंग्लिस प्रिमियर लिग क्लब नर्विच सिटी लिग कप कारबाओ कप फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा क्रोलीसँग १–० ले पराजित भएर नर्विच प्रतियोगिताबाटै बाहिरिएको हो ।

क्रोलीले आफ्नो इतिहासमा दोस्रो पटक लिग कपको तेस्रो चरणमा स्थान बनाएको छ । मिडफिल्डर बेरिली लुबालाले १७ औँ मिनेटमा गरेको गोल नै क्रोलीको जितमा निर्णायक बन्यो । नर्विचले गोल गर्ने ११ वटा सुन्दर मौका बनाएको थियो तर सफल हुन सकेन ।यस्तै निर्धारित समयको खेलमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउट हुँदा क्रिष्टल प्यालेस कोलचेस्टर युनाइटेडसँग पराजित भएको छ । यसैगरी कार्डिफ सिटी लुटनसँग ३–० ले पराजित भएर बाहिरियो । ब्राइटनले भने क्रिस्टल रोभर्सलाई २–१ ले हराएर अघिल्लो चरणमा स्थान बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);