म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एजेन्सी, ५ पुष । इंग्लिस प्रिमियर लिगमा अपराजित म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

लेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएको हो । मंगलबार राति अवे मैदानमा भएको खेलमा निर्धाति तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । २६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलबाट पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो । तर इन्जुरी समयको सातौं मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुई तर्फबाट थप गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा म्यानचेस्टर सिटी ४–३ ले विजयी भयो ।

 

टाइब्रेकरमा म्यानचेस्टर सिटीका गोलरक्षक क्लाउडिओ ब्राभोले दुईवटा सुन्दर बचाउ गरे । प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटीले लिग कपसहित च्याम्पियन्स लिग र एफए कपमा पनि राम्रो गरिरहेको छ । यता आर्सनल पनि लिग कप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै आर्सेन वेङ्गरको टिम आर्सनलले सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा ४२ औं मिनेटमा ड्यानी वेलबेकले गरेको गोल नै निर्णायक बन्यो । आर्सनलले पछिल्लोपटक सन् १९९३ मा लिग कप फुटबलको उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);