कम्युनिटी शिल्ड कपको उपाधि म्यानचेस्टर सिटीलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कम्युनिटी शिल्ड कपको उपाधि म्यानचेस्टर सिटीलाई

community shild

काठमाडौं, २१ साउन । चेल्सीलाई २–० ले हराउँदै कम्युनिटी शिल्ड कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

सिटीका लागि सर्जियो अगुरोले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बेम्बली रंगशालामा भएको खेलमा अग्वेरोले दुई गोल गरे । ५८ औं मिनेटमा दोस्रो गोल गरेका अग्वेरोको अर्को गोल भने अफसाईड भएको थियो । नयाँ सिजनको सुरुवात अघि हुने कम्युनिटी शिल्डका लागि दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिडेका हुन् ।

कम्युनिटी शिल्डमा प्रिमियर लिग र एफए कपको विजेताबीच प्रस्पिर्धा हुने गरेको छ । सिटीले प्रिमियर लिग तथा चेल्सीले एफए कप जितेका थिए । खेलमा दुई गोल गरेका अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् । अर्जेन्टिनी खेलाडी अगुरोले २००६/ ०७ को सिजनमा एथ्लेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका थिए ।

सन् २०११ मा म्यानचेस्टर सिटी आएका अग्वेरोले सिटीका लागि एकै सिजनमा सर्वाधिक ३२ गोल गर्ने खेलाडीका रुपमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);