नेदरल्याण्ड गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेदरल्याण्ड गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्कदै

nepal cricket team

काठमाडौं, १९ साउन । एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किने भएको छ । २ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टोली श्रृखला बराबरी गर्दै फर्कन लागेको हो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो ।

गएको साउन २ गते इङ्ल्याण्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृखला तथा नेदरल्याण्डमा भएको एकदिवसीय क्रिकेट श्रृखला खेल्न नेपाल लण्डन पुगेको थियो । नेपाली टोलीका सबै सदस्य भने सँगै स्वदेश नफर्कने भएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सिपएिल) खेल्न युवा बलर सन्दीप लामिछाने उतैबाट क्यारेबियन गएका छन् । सिपिएलमा ५ वटा खेल खेलेर सन्दीप मलेसियामा हुने एशियाकपको छनौट खेल्न उतैबाट मलेसिया आउने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);