एसईईको नतिजाबारे गुल्शनले हास्दै भने– मैले दिएकै छैन् एसईई, खै थाहा भएन् | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

एसईईको नतिजाबारे गुल्शनले हास्दै भने– मैले दिएकै छैन् एसईई, खै थाहा भएन्

काठमाडौं । बिहिबार एसईईको नतिजा प्रकाशीत भएपछि राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुल्शन झाले एक प्लस ल्याएको भन्ने हल्ला गलत रहेको पुष्टी भएको छ ।

आइसिसी विश्वकप छनोट खेल्न जिम्बावेमा गएका झा आज टोलीसँग स्वदेश फर्किएका छन् । विमानस्थलमा यसबारे झासँग जिज्ञासा राखेका थिए । तर, त्यो प्रश्न सुनेपछि उनको मुखबाट हाँसो निक्लीयो । सँगै उनले भने– हाँ हाँ हाँ…मैले दिएकै छैन् एसईई, खै थाहा भएन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आइसिसी विश्वकप छनोट खेल्न जिम्बावेमा गएको नेपाली टोली आज दिउँसो नेपाल फर्किएको हो ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।

नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो ।

Leave a Reply